सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरिएतापनि डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै उनले डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको र डीएनए म्याचिङपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने जानकारी दिए । प्रधानमन्त्री शाहका अनुसार हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताए । पहिचान भएका शवहरू भने आफन्तको जिम्मा लगाउने काम भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए । उनले भने,‘पहिचान हुन नसकेकाहरूको शव कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर, डीएनए तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएका छन् । यी शव डीएनए म्याचिङपश्चात् सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ । पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।’