बैङ्ककका विद्यालय बन्द गर्न निर्देशन 

शनिबार, पुस १८, २०७७

बैंकक । थाइल्याण्डको राजधानी बैङ्ककमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । कोरोनाभाइरसको महामारी फेरी बढ्दै जान थालेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्न निर्देशन दिइएको अधिकारीले जनाएका छन् । विद्यालयसँगै रङ्गशाला, मनोरन्जन केन्द्र, पार्कलगायतका अत्यधिक भीडभाड हुने स्थलमा पनि तत्कालका लागि सेवा बन्द गर्न लगाइएको स्थानीय प्रशासनले बताएको छ ।
निर्देशन शनिबारदेखि कार्यान्वयनमा आउने छ भने लामो समय लागु गर्नुपर्ने अवस्था नआउने अधिकारीले विश्वास व्यक्त गरेका छन् । अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्न निर्देशन दिइएको हो । महामारीको अवस्था हेरेर मात्रै फेरी कहिले खोल्ने भन्ने बारेमा निर्णय हुने उनीहरुले बताएका छन् । 
सहरका रेस्टुरेन्टलाई पनि पर्याप्त ठाउँ भएको र सामाजिक दुरी कायम गरेर सेवा दिन सक्ने अवस्थामा मात्रै खोल्न र मागअनुसार मागेकै ठाउँमा लैजानेगरी मात्रै खेल्न सकिने निर्देशनमा उल्लेख छ ।
थाइल्याण्डमा शुक्रबार एक दिनमा मात्रै नयाँ २७९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । अधिकांश स्थानीय स्थानान्तरण भएको पाइएको छ भने तीमध्ये दुई जनाको मृत्यु भएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार