एकै ठाउँमा उभिए मधेश केन्द्रित दल, अग्रगामी मोर्चा घोषणा

शनिबार, साउन २३, २०८३

काठमाडौं । मधेश केन्द्रित दल एकजुट भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित ७ दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन् । काठमाडौं आज ब्यांक्वेट थापागाउँमा आयोजित कार्यक्रमबाट मोर्चाको घोषणा गरिएको हो । मोर्चामा जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् । मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियार आबद्ध प्रलोपा पनि जोडिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार