सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. केसीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पर्वतका केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) पनि हुन् । त्यस्तै, मन्त्रिपरिषद्ले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।