बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी

शनिबार, साउन २३, २०७८

काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।–रासस 
 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, साउन २३, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, साउन २३, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, साउन २३, २०७८