सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे प्रथम राष्ट्रपति डा. रामवरण यादव तथा प्रथम उपराष्ट्रपति परमानन्द झासँग राष्ट्रपति भवन शीतलनिवासमा छलफल गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न क्षेत्रमा देखिएको विषम परिस्थितिलाई केन्द्रमा राखेर शुक्रबार उक्त परामर्श भएको हो । छलफलका क्रममा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै मुलुकमा लामो समयदेखि कायम सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान परिस्थितिको समाधानका लागि सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकसँग सहकार्य गर्दै प्रभावकारी पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।