रास्वपा सभापति रवि लामिछानेले गरे मधेश प्रदेशका सांसदहरूसँग छलफल

बिहीबार, साउन १४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेश प्रदेशबाट निर्वाचित केही पार्टीका सांसदहरूसँग छलफल गरेका छन् । सुनसरीबाट सुरु भएको तनाव मधेशमा पनि पुगेपछि सभापति लामिछानेले पार्टीका सांसदहरूसँग आज छलफल गरेका हुन् । तराई मधेसमा सामाजिक सद्भाव कायम राख्न सांसदहरूसँग छलफल गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ । मधेस प्रदेशका करिब २० जना सांसदसँग सभापति लामिछानेले छलफल गरेको सांसद मनिष झाले जानकारी दिए । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘रवि दाइसँग बसेर निस्किएका हौँ । सुरक्षा संवेदनशीलताको अवस्थामा मधेस छ । मधेशलाई जसरी हेरिनुपर्ने हो सङ्घीय सरकार वा सिंहदरबारको तर्फबाट त्यो संवेदनशीलता पर्याप्त होइन कि भनेर हामीले जानकारी जनायौँ ।’ उनले आज जनकपुर पनि सुरक्षित नदेखिएको बताए । उनले भने,  ‘सबै पसलहरू बन्द छ, बजारहरू बन्द छ, चोक–चोकमा मान्छेहरूले टायर बालेर बसिराखेका छन्, विरोध जनाइराखेका छन् । एक एउटा निर्वाचित जनप्रतिनिधिको लागि पनि सुखद कुरा होइन ।’ राज्यको सक्रियता, तत्परता कमी भएको महसुस गरेको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार