पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन काँग्रेस कार्यालय पुगे सभापति लामिछाने

बुधबार, साउन १३, २०८३

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित काँग्रेस पार्टी कार्यालय पुगेका छन् । सभापति लामिछानेले काँग्रेस पार्टी कार्यालय पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार निधन भएका श्रेष्ठको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार