सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घण्टी घर बस्ने भएको हो । बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।