जापानमा अत्याधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

आइतबार, साउन १०, २०८३

टोकियो । जापानका केही क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । मौसम एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार मध्य जापानका ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको थियो । तीमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त-शिजुओका, गिफु, मिए र आइची-समावेश छन्। सन् २०१० देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थालेयता, लगातार पाँच दिनसम्म ४० डिग्री वा सोभन्दा बढी तापक्रम मापन भएको यो सबैभन्दा लामो अवधि हो । मिए प्रान्तको कुओआना सहरमा तापक्रम ४०.६ डिग्री सेल्सियस पुगेको थियो। गिफु प्रान्तमा मिनो सहरमा ४०.८ डिग्री सेल्सियस र ताजिमी सहरमा ४०.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । त्यस्तै, शिजुओका प्रान्तको हमामात्सु सहरमा ४०.३ डिग्री सेल्सियस र आइची प्रान्तको टोयोटा सहरमा ४०.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यसैबीच, शिजुओकाको उत्तरपूर्वमा रहेको यामानाशी प्रान्तको कोफु सहरमा पनि ४०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।-सीसीटीभीप्लस

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार