साउने संक्रान्तिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

शुक्रबार, साउन १, २०८३

काठमाडौं । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।  शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन् । साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले मन्दिरमा भक्तजनको चाप बढेको हो ।  श्रद्धालुहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा आवश्यक व्यवस्था मिलाएको छ ।  सौरमासअनुसार साउन १ गतेलाई साउने (कर्कट) संक्रान्तिका रूपमा मनाउने परम्परा छ । यस दिन स्नान र दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। विशेष गरी महिलाहरूले हरियो चुरा, पोते र पहिरनमा सजिएर भगवान शिवको पूजा–आराधना गरी सुख, शान्ति र अटल सौभाग्यको कामना गर्ने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार