टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

मंगलबार, असार ३०, २०८३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ ।  जिल्ला अदालत काठमाडौँले मंगलबार सजाय निर्धारण गरेको हो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोकेको हो । ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो । त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार