गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

सोमबार, असार २९, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् । गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ । गृहमन्त्री गुरुङले नागरिकता हस्तान्तरण गर्दै पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताएका छन् । 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार