सर्लाहीमा युवकद्वारा आत्मदाह प्रयास

थप उपचारका लागि काठमाडौं ल्याइँदै
शुक्रबार, असार २६, २०८३

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिका(१० निवासी ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिएका छन् । डीएसपी गौतमका अनुसार मण्डलको उद्धार गरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहे पनि बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ । उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टरसमेत उडी सकेको डीएसपी गौतमले जानकारी दिए । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार