सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

शुक्रबार, असार १९, २०८३

काठमाडौं । सरकारले सातवटा सार्वजनिक विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सिफारिस समितिको सिफारिसका आधारमा शुक्रबार विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । उनी यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका रूपमा समेत कार्यरत थिए । त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा नियुक्त भएका छन् । उपकुलपति छनोटका लागि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले सिफारिस गरेका उम्मेदवारमध्येबाट प्रधानमन्त्री शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार