सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले डा. थापालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् । डा. थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यसम्पादन गरिसकेका छन्। उनी इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । उनको नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक नेतृत्वको जिम्मेवारी डा। थापाले सम्हाल्ने भएका छन् ।