सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रतिनिधि सभामा देखिएको श्रम संस्कृति पार्टीको अवरोध अन्त्य भएको छ । सभामुख डोलप्रसाद अर्यालले सो पार्टीलाई सदनमा बोल्न समय उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो । त्यसपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढाइएको छ । बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो धारणा राखे । यसअघि विपक्षी भूमिकामा रहेका श्रम संस्कृति पार्टीका सांसदहरूले आफूहरूलाई बोल्ने अवसर नदिइएको भन्दै असन्तुष्टि जनाउँदै सदनको वेल घेराउ गरेका थिए । भामुख अर्यालले भने उक्त पार्टीका तर्फबाट समय माग नभएकाले बोल्ने अवसर प्रदान नगरिएको स्पष्ट पारेका थिए । तर पार्टीका सांसदहरूले आफूहरूलाई पनि अन्य दलसरह बोल्न दिनुपर्ने माग गर्दै निरन्तर विरोध जनाएका थिए ।