सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डिजिटल सामग्री नष्ट नगर्न सर्वोच्च अदालतले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिराहा जिल्लाका परीक्षा केन्द्रहरूमा फेला परेका मोबाइल फोन प्रहरीद्वारा पानीमा डुबाएर नष्ट गरिएको भन्ने दाबीपछि सो विषय न्यायिक परीक्षणमा पुगेको हो । उक्त कार्यविरुद्ध अधिवक्ता अनिलकुमार साहसहितका निवेदकले अदालतमा निवेदन दर्ता गरेका थिए । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मोबाइल फोन तथा त्यसभित्र रहेका डाटा सुरक्षित राख्न र नष्ट नगर्न गृह मन्त्रालयसहित सिराहा जिल्ला प्रशासन कार्यालयलाई आदेश जारी गरेको छ । साथै, सम्बन्धित निकायले मोबाइल फोन र त्यसमा रहेका विवरण किन नष्ट गरियो भन्ने विषयमा स्पष्ट कारणसहित जवाफ पेश गर्न पनि अदालतले निर्देशन दिएको छ।