बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’

मंगलबार, जेठ २६, २०८३

रामेछाप । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार जारी गरेको सूचनामा वर्षाका कारण राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सवारी आवागमन रोकिएको जनाइएको छ । प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशित गरी राजमार्ग पुनः सञ्चालनमा आएको जानकारी दिइनेछ । सुरक्षाका लागि यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ । गत वर्ष आएको बाढीले बगाएको बीपी राजमार्गको रोशी खण्डमा क्षति पुगेको छ । सो स्थानमा सडक निर्माण नहुँदा खोलाबाट नै सडक सञ्चालन गरिएको छ । खोलामा सानो बाढी आउने बित्तिकै सडक रोकिने गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार