सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका खनालले आज चौथाईवालेसँग भेट गरेका हुन् । भेटमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने, राजनीतिक दल–स्तरका सम्बन्ध विस्तार गर्ने तथा जनस्तरमा आपसी सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । हिजो दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए। उनले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।