परराष्ट्रमन्त्री खनालको भ्रमणले बहुआयामिक साझेदारीलाई मजबुत बनाउँछ :  भारत

शुक्रबार, जेठ २२, २०८३

काठमाडौं । भारतको विदेश मन्त्रालयले परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणले दुई देशबीच रहेको बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउने जनाएको छ । नयाँ दिल्लीमा भारतको विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो बताएका हुन् ।  “नेपालको परराष्ट्रमन्त्री नयाँ दिल्ली आइपुग्नु भएको छ । उहाँले हाम्रो विदेशमन्त्रीलाई भेट्नुहुनेछ । नेपालसँग हाम्रो विकास सहयोगदेखि जनता–जनता सम्बन्धदेखि व्यापार र लगानीसम्मको विस्तृत एजेन्डा छ,” प्रवक्ता जयसवालले भने, “त्यसैले दुई विदेशमन्त्रीहरू भेट्दा यी सबै एजेन्डाहरूमा एकसाथ छलफल गरिनेछ । तर, हाम्रो तर्फबाट हामी नेपालसँग रहेको यो बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउन खोज्ने छौँ ।”  परराष्ट्रमन्त्री खनाल भारतको तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार नयाँ दिल्ली गएका हुन् । परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार