सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । भारतीय विदेश मन्त्री डा एस जयशंकरको निमन्त्रणामा भएको भ्रमणअन्तर्गत मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली पुगेका हुन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने तथा अन्य उच्चस्तरीय भेटघाटमा समेत सहभागी हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार नै स्वदेश फर्किएका छन् । भारत भ्रमणका क्रममा रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री डा. एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी ९भाजपा० का शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए ।