भारत भ्रमण सकेर फर्किए रास्वपा सभापति रवि

शुक्रबार, जेठ २२, २०८३

नयाँदिल्ली । पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाल प्रस्थान गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी भारत भ्रमणमा थिए । उनी शुक्रबार नेपाल प्रस्थान फर्किएका हुन् । लामिछाने पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ १८ गते नयाँ दिल्ली गएका थिए । भारत भ्रमणका क्रममा उनले जेठ १९ गते दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा भाजपा अध्यक्ष नीतिन नवीन, भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । साथै जेठ २० गते लामिछानेले भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार