वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक : राष्ट्रपति पौडेल

शुक्रबार, जेठ २२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । विश्व वातावरण दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै शुक्रबार उनले हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्न आह्वान गरेका हुन् ।  उनले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु सबैको साझा अधिकार र दायित्व भएको बताएका छन् । यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको छ। नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढी–पहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन्। विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणाअनुसार हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न आवश्यक छ ।’ राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, प्रदूषण तथा प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गरेका छन् । नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा, बाढी, पहिरो तथा वातावरणीय असन्तुलनजस्ता समस्याहरू देखिन थालेको भन्दै उनले जलवायु परिवर्तनको असर भविष्यको मात्र नभई वर्तमानको चुनौती बनिसकेको बताएका छन् । उनले भने, ‘जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको छ । जलवायु परिवर्तन भविष्यको लागि खतरा मात्र नरहेर वर्तमान समयमै यसको प्रभाव देख्न सकिन्छ । नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढी पहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन् ।’ विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उनले प्रकृतिमैत्री जीवनशैली अपनाउन तथा वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेका छन् ।  साथै स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, प्राकृतिक सम्पदाको संरक्षण तथा जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकासमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार