एमाले सचिवालय बैठक आज पनि बस्दै

राजीनामाको दबाबमा रहेका अध्यक्ष ओलीले जवाफ दिने
आइतबार, जेठ १०, २०८३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्न लागेको हो ।  आजको बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने छन् । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका हुन् । शुक्रबार र शनिबारको बैठकमा महासचिव उपमहासचिव र सचिवहरूले आफ्नो धारणासहित राखेका थिए । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक विगत तीन दिनदेखि जारी छ ।  आफू निकटकै नेताहरूबाट राजीनामाको दबाब आएपछि अप्ठ्यारोमा परेका अध्यक्ष ओलीले आज जवाफ दिने कार्यसूची छ । ओलीले जवाफ दिनुअघि बोल्न बाँकी नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची छ ।  गएको शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै उनलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । एमाले रुपान्तरण र पुनर्गठनको पक्षमा ८० प्रतिशत सचिवालय सदस्य देखिएका छन् । शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले बोलेका थिए। हिजो बोल्ने सचिव महेश बस्नेतबाहेक सबै नेताले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका छन् । तर ओलीले भने पद नछाड्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार