चार मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै एमाले

बिहीबार, जेठ ७, २०८३

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ । चार मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको संसदीय दलका नेता सरोजकुमार यादवले बताए । ‘एकजनालाई विना विभागीय मन्त्रीका रूपमा आजै शपथ गराउँदै चार मन्त्रालयसहित सरकारमा सहभागी हुनेछौँ,’ यादवले भने ।  बाँकी मन्त्रीहरूको शपथ मुख्यमन्त्रीले  विश्वासको मत लिएपछि गराउने तय भएको छ । अहिले मधेस सरकारमा कांग्रेसको नेतृत्व छ । जसपा र नेकपाले समर्थन गरेका छन् । शुक्रबार मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख २३ गते सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै  सरकार परिवर्तनको संकेत देखिएको थियो । तर, सातै प्रदेशमा कांग्रेस र एमाले नेतृत्वको सरकार बन्ने रणनीति तय भएपछि मधेस सरकार संकटबाट जोगिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार