सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्मामाथि आज संसदीय सुनुवाइ हुने भएको छ । बिहान ८ बजे विधायन व्यवस्थापन समितिको सभाकक्षमा संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेको उजुरी खोल्ने र कार्य योजना वितरण गर्ने कार्यसूची रहेको बताइएको छ । यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। निर्धारित अवधिभित्र १६ वटा उजुरी दर्ता भएका हुन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रारम्भमा उजुरी खोल्ने र त्यसलाई सांसदहरूबीच वितरण गर्ने कार्य हुनेछ। त्यसपछि बिहान १० बजेतिर उजुरीकर्तासँग छलफल गरिने तयारी छ ।