प्रधान न्यायाधीश नियुक्ति विवादसँग सम्बन्धित रिट दर्तामा सर्वोच्च प्रशासन अनिर्णीत

सोमबार, जेठ ४, २०८३

काठमाडौं । सर्वोच्च अदालतमा भावी प्रधान न्यायाधीशसँग सम्बन्धित विषय उठाइएका केही रिट निवेदन दर्ता प्रक्रियामा प्रशासनिक स्तरमै अन्योल देखिएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले लिखित निर्देशन जारी गरेपछि पनि सम्बन्धित निवेदनहरू तत्काल दर्ता प्रक्रियामा अघि बढ्न सकेका छैनन् । मुद्दा महाशाखामा कार्यरत कर्मचारीहरूले ती निवेदन दर्ता गर्न कठिनाइ रहेको प्रतिक्रिया दिएको बताइएको छ । दर्ता प्रक्रियामा ढिलाइ हुनुका पछाडि न्यायालयभित्र विकसित संवेदनशील परिस्थिति र सम्भावित न्यायिक प्रतिक्रियालाई कारणका रूपमा हेरिएको स्रोतको दाबी छ । सर्वोच्च अदालतभित्र वरिष्ठता तथा रोलक्रम सम्बन्धी परम्परा उल्लंघन भएको विषयलाई लिएर केही न्यायाधीश असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला सम्बन्धित रिटमा असामान्य प्रकृतिका आदेश आउन सक्ने आशंकासमेत व्यक्त गरिएको छ । यही कारण प्रशासनिक तहमा सावधानी अपनाइएको र दर्ता प्रक्रियामा ढिलाइ भएको बुझिएको छ। यद्यपि, सर्वोच्च अदालतले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार