मन्त्रालय पुनर्संरचना पछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर 

बिहीबार, वैशाख ३१, २०८३

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाएर पुनर्संरचना गरेपछि मन्त्रीहरूको कार्यविभाजन पुनः हेरफेर गरिएको छ । नयाँ संरचनाअनुसार अब सरकारमा १८ मन्त्रालय मात्र कायम गरिएको छ । पुनर्संरचनापछि बाँडफाँट गरिएको जिम्मेवारीअनुसार कतिपय मन्त्रालय यथावत रहने भएका छन् भने केही नयाँ संरचना तयार गरिएको छ । खारेज वा गाभिएका मन्त्रालय बाहेकका जिम्मेवारी पहिलेका मन्त्रीहरूकै मातहत रहने व्यवस्था गरिएको छ । नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले आफैँले सम्हालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि क्षेत्र अलग गरी उक्त नयाँ मन्त्रालय स्थापना गरिएको हो । यसै क्रममा प्रधानमन्त्रीले रक्षा र गृह मन्त्रालयको जिम्मेवारी पनि आफ्नो प्रत्यक्ष मातहतमा राखेका छन् । रक्षा मन्त्रालय पहिलेदेखि नै प्रधानमन्त्रीकै कार्यक्षेत्रमा थियो भने गृह मन्त्रालयमा मन्त्रीको राजीनामापछि प्रधानमन्त्रीले अतिरिक्त जिम्मेवारी सम्हालेका हुन् । यसरी प्रधानमन्त्रीले हाल तीनवटा मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।

image-148-1778763476.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार