नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले दिने

बुधबार, वैशाख ३०, २०८३

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । आज ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि उनको स्थानमा सरकारको तर्फबाट अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा वाचन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार