बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

बुधबार, वैशाख ३०, २०८३

बाजुरा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्युु भएको हो । मृतक थापा बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।३७ बर्षीया थापा फालासैन बजारबाट घर फर्किने क्रममा भिर माथीबाट आएको ढुंगा लागेको थियो । पैदल बाटोबाट ५० मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक एंव् सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए । उनका अनुसार,घटनाबारे स्थानीयले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरीको घटनास्थल पुगेको बताए । जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थल तर्फ गएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार