सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका महासचिव विमल सारू मगरले आदिवासी तथा जनजाति समूदायको अधिकार सुनिश्चित गर्न विशेष नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडामा उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा समावेशी राज्य निर्माणमा नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आदिवासी तथा जनजातिको अधिकार संरक्षण र विशेष नैतिक, ऐतिहासिक तथा राजनीतिक जिम्मेवारी रहेको बताएका हुन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलन र समावेशी राज्य निर्माणमा नेपाली कम्युनिष्ट पार्टीको ऐतिहासिक भूमिका र योगदानलाई दृष्टिगत गर्दै आदिवासी र जनजातिको अधिकार सुनिश्चित गर्न तपाईँहरूको विशेष नैतिकता ऐतिहासिक र राजनीतिक जिम्मेवारी रहेको हाम्रो ठहर छ,’ उनले भने । महासचिव मगरले आदिवासी तथा जनजातिको हक-अधिकार, समानुपातिक प्रतिनिधित्व, शिक्षा, रोजगारी, भाषा तथा संस्कृतिको संरक्षण र निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विषयलाई पार्टीको स्पष्ट नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्न आग्रह गरे । ‘आदिवासी र जनजातिको हक अधिकार समानुपातिक प्रतिनिधित्व शिक्षा, रोजगारी भाषा संस्कृति संरक्षण निर्णय प्रक्रियामा प्रभाव सहभागिता सुनिश्चित गर्ने विषयलाई पार्टीको स्पष्ट नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गर्दछौँ,’ उनले भने । उनले समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन राज्यका सबै तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता आवश्यक रहेको पनि बताए ।