ट्रेड युनियन प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सोमबार, वैशाख २८, २०८३

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीहरूको ट्रेड युनियन गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासमा बहुमत रहेका तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने राय व्यक्त गरेपछि उक्त आदेश जारी भएको हो । इजलासका बाँकी दुई न्यायाधीशले भने अन्तरिम आदेश आवश्यक नरहेको फरक राय दिएका थिए । बहुमतको रायका आधारमा सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार