सोसल मिडिया
Contact Us
युनिकोड
धनगढी । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू भएको छ । विहान १० बजेदेखि सुरू भएको चुनावी समीक्षा कार्यक्रममा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहेको सहमहामन्त्री प्रकाश रसाईलीले बताए । दुई दिनसम्म चल्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसद, पराजित उम्मेद्वार, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधको सहभागिता रहेको रसाईलीले बताए । कांग्रेसले समीक्षासंगै आगामी कार्यदिशा पनि तय गर्ने सहमहामन्त्री रसाईलीको भनाई छ । समीक्षा कार्यक्रम विहान १० बजेदेखि धनगढीको सौराई ब्याङ्केटमा सुरु भएको हो । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित “जरा अभियान” अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित “प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला” प्रदेशदेखि स्थानीय तहसम्म पार्टी संगठनलाई थप सुदृढ बनाउन, वैचारिक स्पष्टता बढाउन, आन्तरिक संवादलाई प्रभावकारी बनाउन र जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउन आयोजना गरिएको हो ।