सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । राष्ट्रपति पौडेलसँग नेता आङ्देम्बेको समसामयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ। भेटमा आङ्देम्बेले अध्यादेशबारे विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए । सरकारले बोलाइसकेको सदन रोकेर अध्यादेशको बाटो रोजेपछि विपक्षीहरूले विरोध जनाइरहेका छन्। विपक्षी दलको बैठक राखेर अध्यादेश जारी नगर्न माग गरेका आङ्देम्बेले शीलतनिवास पुगेर आफूहरूको धारणा जानकारी गराएका हुन् । सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जसमध्ये तीन वटा अध्यादेश जारी भइसकेका छन् ।