सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सुकुम्बासी विस्थापनको विषयमा सरकारको आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा उनले काठमाडौँमा सुकुम्बासीहरू हटाइँदा देखिएका दृश्यहरूले बसाइ उपन्यास पढ्दाको पीडा सम्झाएको बताएका छन्। ‘समय बदलियो तर पीडाको स्वरूप उस्तै छ,’ उनले लेखेका छन् । उनका अनुसार विगतमा सामन्ती संरचनाले गरिब र भूमिहीनलाई विस्थापित गर्ने अवस्था थियो भने अहिले ‘विकास’ र ‘व्यवस्थापन’ का नाममा राज्यले नै गरिबको बास खोसिरहेको आरोप लगाएका छन् । शिवाकोटीले यो विषयलाई केवल कानुनी प्रश्नका रूपमा मात्र नहेर्न आग्रह गर्दै मानवीय न्याय र करुणासँग जोडिएको मुद्दा भएको उल्लेख गरेका छन्। उनले राज्यले कमजोर वर्गको आवाज नसुन्ने र विस्थापितहरूलाई सम्मानजनक पुनस्र्थापना नगर्ने हो भने साहित्यमा चित्रित कथा वर्तमान यथार्थमा परिणत हुने चेतावनी दिएका छन् । पछिल्ला दिनमा बालेन साह नेतृत्वको सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यका तर्फबाट भएका ज्यादतीलाई लिएर सुकुम्बासी व्यवस्थापन र पुनस्र्थापनाको विषयमा पुनः बहस सुरु भएको छ। यसक्रममा हजारौँ सुकुम्बासी विस्थापित भएका छन् भने दुईजनाले आत्महत्या समेत गरेका छन् ।