बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा चल्यो डोजर 

शनिबार, वैशाख १९, २०८३

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ ।  आज बिहान बालाजु र माछा पोखरीका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ । हिजो (शुक्रबार) टेकु, शंखमुख, बल्खु, बंशीघाट लगायत विभिन्न सुकुमबासी बस्तीमा डोजर चलाइएको थियो । आज स्वयम्भू आसपास, बालाजु र माछापोखरी क्षेत्रमा डोजर चलाइएको हो । यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो। 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  ११:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार