अध्यादेशबारे निर्णय लिनअघि कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति

बिहीबार, वैशाख १७, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेशबारे सुझाव माग्न कानुनविद्हरूलाई छलफलमा बोलाएका छन् । राष्ट्रपति पौडेलले अध्यादेशबारे छलफल गर्न आज अपराह्ण ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् । संघीय संसद बैठक आह्वान गरेको भोलिपल्टै स्थगित गरेको सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ । सरकारले ल्याउन लागेको अध्यादेशको विपक्षी दलहरूले विरोध गरिरहेका छन् । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित  ६ अध्यादेश सिफारिस गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार