अवरुद्ध बिपी राजमार्ग पुन : सञ्चालनमा, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

बुधबार, वैशाख १६, २०८३

रामेछाप । अविरल वर्षाका कारण हिजो साँझबाट अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मर्मत कार्य सम्पन्न भएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । गए राति परेको लगातार वर्षाका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको थियो। सडक मर्मतपछि आवागमन सहज बनाइएको प्रहरीले जनाएको छ । यद्यपि, मौसम पूर्वानुमानअनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकोले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूलाई सतर्क रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । प्रहरीले आपत्कालीन अवस्था सिर्जना भएमा वा सडकको अवस्थाबारे जानकारी लिन १०० र १०३ नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार