सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेता परिवर्तन गरेको छ । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेको कांग्रेसले जनाएको छ । यसअघि राष्ट्रियसभा दलको नेतामा कृष्ण सिटौला थिए । कमलादेवी गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । उनी राष्ट्रिय सभाअन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ की सभापति पनि हुन् । पन्तले विद्यार्थी जीवनदेखि नै राजनीतिक वातावरणमा हुर्किएर पद्मकन्या क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्।
मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई
प्रतिनिधि सभा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गरेको छ । संसदीय दलको नेता भीष्मराज आङदेम्बेले आज मनोनयन गरेका हुन् । प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन भएका छन् । आङदेम्बेलाई सोमबार सभापति गगन थापाले दलको नेतामा नियुक्त गरेका थिए ।