सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षका नेताहरुले अलग्गै भेला आयोजना गरेका छन् । देउवा पक्षको विस्तारित भेलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् । भेलाका विषयमा जानकारी दिंदै नेता कुन्दनराज काफ्लेले देशको तमाम परिस्थिति, निर्वाचनपछि कांग्रेसको अवस्था र त्यसको समीक्षा, सर्वोच्च अदालतको पछिल्लो फैसला, भावी योजनालगायतका विषयमा छलफल भइरहेको बताए । राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने विषयमा भइरहेको चर्चालाई नियमित प्रक्रियाको रुपमा व्याख्या गरे । अर्का नेता मीनबहादुर विश्वकर्माले विस्तारित भेला पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने मुख्य उद्देश्यसहित अगाडि बढेको बताए । उनले निर्वाचनको समीक्षा, पराजयका कारणहरूको खोजी र १५औँ महाधिवेशनबारे छलफल भइरहेको पनि बताए। उनले भने, ‘नियमित महाधिवेशन वैशाख मसान्तमा तोकिएको थियो। त्यो समय पनि आइसकेको छ, त्यसका बारेमा के गर्ने र पार्टीलाई निर्वाचन आयोग र अदालतले वैधानिकता अद्यावधिक गरेर गगन थापा नेतृत्वको कांग्रेसलाई कार्यसमितिलाई वैधानिकता दिइसकेपछि बाँकी साथीहरू अब कसरी पार्टी एकताका लागि क्रियाशील बनाउने, उहाँहरूलाई परिचालित कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ।’