सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु

सोमबार, वैशाख १४, २०८३

सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा आइतबार राति करिब १०ः३० बजे परेको चट्याङका कारण उक्त घटना भएको हो । प्रहरीका अनुसार करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो । उनको शरीरमा बाह्य चोटपटक खासै नदेखिए पनि चट्याङको प्रभावले ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् । उनलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको र हाल अवस्था मध्यम रहेको बताइएको छ । घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । चट्याङसँग सम्बन्धित घटनाहरू बढ्दै गएको भन्दै सतर्क रहन स्थानीयवासी लाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार