सिंहदरबारमा मन्त्रिपरिषद् बैठक 

सोमबार, वैशाख १४, २०८३

काठमाडौं । संघीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको हो । सरकारका नियमित प्रशासनिक, नीतिगत तथा समसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्ताव, निर्णयार्थ विषयवस्तु तथा समसामयिक राष्ट्रिय मुद्दामाथि विचार–विमर्श हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार