महान्यायाधिवक्ता डा. कँडेलविरुद्ध सर्वोच्चमा तीन रिट दायर

बिहीबार, वैशाख १०, २०८३

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा तीनवटा रिट निवेदन दायर गरिएका छन् । महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुने छ । महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गत चैत २२ गते डा। कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । 
प्रधानमन्त्रीले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । 
निरन्तर १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा। कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ०५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार