पश्चिम एसियाका अधिकांश मुलुकमा श्रम स्वीकृति पुनः सञ्चालन

मंगलबार, वैशाख ८, २०८३

काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशहरूका लागि रोकिएको श्रम स्वीकृति सेवा पुनस् सञ्चालनमा ल्याएको छ । विभागले सूचना जारी गर्दै यसअघि अस्थायी रूपमा स्थगन गरिएको प्रक्रिया अब पुनः सुरु गरिएको जनाएको हो । विभागका अनुसार क्षेत्रीय परिस्थितिका कारण साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायललगायत मुलुकहरूमा श्रम स्वीकृति सेवा केही समयका लागि रोकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हालैको मन्त्रीस्तरीय निर्णयअनुसार इराक बाहेकका सबै उल्लेखित देशहरूमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणसम्बन्धी सबै प्रकारका श्रम स्वीकृति प्रक्रिया पूर्ववत रूपमा सञ्चालनमा ल्याइएको विभागले स्पष्ट पारेको छ । इराकका हकमा भने मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार नै श्रम स्वीकृति प्रक्रिया अघि बढाइने व्यवस्था कायम रहने बताइएको छ । विभागले यो निर्णयबारे सम्बन्धित सबै सरोकारवाला निकाय तथा सेवाग्राहीलाई औपचारिक रूपमा जानकारी गराइसकेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार