सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । खाडी क्षेत्रमा नेपाली श्रमिकका लागि नयाँ श्रम स्वीकृति पुनः खुला गर्ने विषयमा परराष्ट्र मन्त्रालयअन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । परराष्ट्र सचिव अमृत राईको संयोजकत्वमा सोमबार बसेको इआरटी बैठकले पश्चिम एसियामा देखिएको तनाव क्रमशः सहज बन्दै गएको मूल्यांकन गर्दै श्रम स्वीकृति पुनः सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो । यसअघि अमेरिका, इजरायल(इरानबीच देखिएको द्वन्द्वपछि खाडी क्षेत्रका कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, ओमान, इजरायल र टर्की लगायतका मुलुकमा नयाँ श्रम स्वीकृति तथा नवीकरण प्रक्रिया रोकिएको थियो । सो समयमा बिदामा आएका श्रमिकका लागि भने नवीकरण अनुमति दिइएको भए पनि नयाँ स्वीकृति जारी गरिएको थिएन । श्रम स्वीकृति रोकिएसँगै ती मुलुकका लागि नेपाली दूतावासबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रिया पनि प्रभावित भएको थियो । हालको बैठकले परिस्थितिमा सुधार देखिएकाले श्रम स्वीकृति पुनस् खुला गर्ने सिफारिस गरेको छ । श्रम मन्त्रालयले भने रोकिएको प्रक्रिया क्रमशः अघि बढाउने तयारी भइरहेको जनाएको छ ।