उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ : सभापति चौधरी

सोमबार, वैशाख ७, २०८३

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठनबारे छलफल भएको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उपसमिति गठनको ड्राफ्टमाथि छलफल गरिएको हो । बैठकमा सभापति पूजा चौधरीले उपसमितिको काम भनेको समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाएर अगाडि बढाउनु रहेको स्पष्ट पारिन् । उपसमितिले गरेको काम कारवाही समितिमा ल्याएर छलफल भएर फेरी एक ढिक्का भएरै अगाडि बढ्ने भन्दै उनले यसलाई अन्यथा नलिन आग्रह गरिन् । उनले भनिन्, ‘उपसमितिको काम भनेको समितिको काम कारवाहीलाई एउटा प्रोडक्टिभ र चलायमान बनाएर अगाडि बढाउनु हो । कुनै पनि उपसमितिले काम कारवाही गर्छ । त्यो अन्तिममा आउने भनेको समितिमा नै हो र समितिमा नै छलफल भएर फेरी हामी एक ढिक्का भएरै जाने हो । त्यसैले यसलाई अन्यथा नलिऊ।’

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार