सरकारी कर्मचारीको तलब अर्धमासिक रूपमा वितरण गरिने 

सोमबार, वैशाख ७, २०८३

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीको तलब भत्ता वितरण प्रणालीलाई अर्धमासिक (महिनामा दुई किस्ता) रूपमा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाबाट महालेखा नियन्त्रक कार्यालयलाई प्रेषित पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलब भत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो । उक्त पत्रमा उल्लेख भएअनुसार मन्त्री स्तरीय निर्णयबाट अर्धमासिक तलब वितरण प्रणाली लागू गर्ने सहमति भइसकेको छ । सोही निर्णयअनुरूप सम्बन्धित निकायलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी यथाशीघ्र सम्पन्न गर्न आग्रह गरिएको छ । हालसम्म सरकारी कर्मचारीहरूले तलब भत्ता मासिक रूपमा एकमुष्ट पाउँदै आएका थिए । प्रस्तावित नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले महिनामा दुई पटक तलब प्राप्त गर्नेछन्, जसबाट नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ०४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार