एकता कायम राख्न वर्तमान नेतृत्वले थप जिम्मेवारी बहन गर्नुपर्ने देउवा समूहको निष्कर्ष

आइतबार, वैशाख ६, २०८३

काठमाडौं । नेपाली काँग्रेस भित्र निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पार्टी एकता कायम राख्न वर्तमान नेतृत्वले थप जिम्मेवारी बहन गर्नुपर्ने धारणा अघि सारेको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनपछि गठन भएको नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि उत्पन्न परिस्थितिबारे रणनीति तय गर्न बसेको पूर्वकेन्द्रीय सदस्यहरूको छलफलले सो निष्कर्ष निकालेको हो । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच आगामी कार्यदिशाबारे प्रारम्भिक विमर्श भएको थियो ।  संगठनलाई कुन दिशामा लैजाने भन्ने विषयमा छलफल क्रमशः अघि बढिरहेको छ । बैठकमा पार्टीले विगतमा भोग्दै आएका राजनीतिक उतारचढाव र हालको परिस्थितिबारे विश्लेषण गरिएको जनाइएको छ । साथै, संगठनात्मक एकता मजबुत बनाउन सबै तहका नेता–कार्यकर्ताको मनोबल उच्च राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । त्यसैगरी, पार्टी केन्द्रीय कार्यालय सानेपा मा आवश्यक छलफलको वातावरण सिर्जना गर्ने जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने धारणा पनि बैठकमा व्यक्त गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार