बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन सरोकारवालासँग छलफल 

कानुनी र कार्यान्वयन पक्षमा तीव्रता दिनुपर्नेमा जोड
शनिबार, वैशाख ५, २०८३

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रगति र कार्यान्वयनसम्बन्धी विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसहित आज उक्त विषयमा समन्वयात्मक बैठक आयोजना गरिएको हो ।  छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुदन गुरुङ तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तमाङ, शोभा खनाल र एलिजा गुरुङको सहभागीता थियो ।
त्यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य को पनि उपस्थिति रहेको थियो ।
बैठकमा बुढी गण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए ।
बैठकका क्रममा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटडका प्रमुख कार्यकारी अधिकृतले आयोजनाको हालसम्मको अवस्था, प्रगतिका चुनौती र आगामी आवश्यकताबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए ।
छलफलपश्चात् सभामुख अर्यालले आयोजनालाई थप ढिलाइ नगरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । उनले आवश्यक कानुनी संरचना निर्माण वा संशोधनमार्फत परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उल्लेख गर्दै कार्यान्वयन प्रक्रियामा अनावश्यक विलम्ब स्वीकार्य नहुने धारणा व्यक्त गरे ।
आयोजनाको समापन अपरिहार्य रहेको उल्लेख गर्दै उनले यदि प्रगति हुन नसक्ने अवस्था भए त्यसका कारणहरू स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने, अन्यथा कार्यान्वयनलाई तीव्र बनाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार